पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न अखिल (क्रान्तिकारी)द्वारा जोडदार माग
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग जाेडदार माग गरिएको छ ।
अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति जारी गर्दै पटक -पटक गरिएकाे मूल्यवृद्धि खारेज गर्न सबैलाइ सशक्तरुपमा सङ्घर्षको मैदानमा आउन आग्रह गर्नुभएकाे छ।
हप्त तै पिछे पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्याइएको छ ।
साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाल सरकार र नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै नेपाली जनताको ढाड सेक्ने काम गरेको छ, जसको घोर विरोध एवम् भत्सर्ना गर्दै हाम्रो सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सङ्घर्षरत छ ।
यसै क्रममा हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटिर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पु¥याइएको छ ।
साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ । पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ ।
यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । तर, कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैरजिम्मेवार बन्नुका साथै दलाल र माफियाहरुको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।
अझ सत्ता गठबन्धन र प्रतिपक्षी दलका शीर्ष नेताहरुले जनताको चाहना र मर्मविपरीत विदेशीको साखुल्ले दलाल बन्न राष्ट्रघाती एमसीसी सम्झौतालाई संसद्बाट पारित गरेका छन् ।राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा तिनीहरु कत्ति पनि जिम्मेवार देखिँदैनन् ।
जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ताका लागि नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्दै मनपरी ढङ्गले पटकपटक गरिएको मूल्यवृद्धिलगायत राष्ट्रघाती एम.सी.सी. सम्झौता पूर्णरुपमा खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं ।