पेरिसका सर्वहारा वर्गले बुर्जुवा राज्यसत्तालाई ध्वस्त गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको अवसरमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा प्रेस विज्ञप्ति जारी
आज १८ मार्च २०२२ ,आजकै दिन अर्थात् आजभन्दा ठिक १५१ वर्ष पहिले सन १८७१ मार्च १८ का दिन विश्वमा पहिलोपटक पेरिसका सर्वहारा वर्ग (मजदुर) ले बुर्जुवा वर्गको प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गरेर सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो ।
पेरिस कम्युन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक युगान्तकारी परिघटना थियो,जसले पुँजीवादी राज्यसंयन्त्रलाई ध्वस्त गरी विश्व मै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना भएको त्यस परिघटनाले एक नयाँ युगको सूर्योदय गरेको दिन थियो।
पेरिस कम्युन वैज्ञानिक साम्यवादका सिध्दान्तकार दार्शनिक कार्ल माक्र्सको शब्दमा ” मानिसलाई वर्ग शासनबाट सदाका लागि मुक्त गर्ने महान् सामाजिक क्रान्तिको प्रभात थियो।
पुँजीपतिवर्गका विरुद्ध मजदुरहरुको यो पहिलो क्रान्ति भएको र इतिहासमै प्रथम पटक मजदुरहरुले सत्ता कब्जा गरेको अवस्थामा माक्र्सले यो सत्तालाई ” नयाँ समाजको गौरवशाली अग्रदूत ” भन्नु भएको थियो भने विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले ” सोभियत सत्ताको बीऊ ” भन्नु भएको थियो ।
महान् पेरिस कम्युन ७२ मात्र टिकेको भए पनि सिंगो विश्व कम्युनिस्ट आन्दोलन र आधुनिक मजदुरहरुको निम्ति समेत एक युगान्तकारी परिघटना तथा गौरवशाली इतिहास बोकेको महान् पेरिस कम्यु प्रति हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले सम्मान व्यक्त गर्दै स्मरण जाहेर गर्दछ र महान् पेरिस कम्युनको अमरत्व कहिल्यै नमेटिने विस्वास व्यक्त गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति : १८ मार्च २०२२
( ४ चैत २०७८ )
( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल