क्रान्ति यात्रा- लोकेन्द्र बिष्ट
– लोकेन्द्र बिष्ट
अचेतना, अशिक्षा र अन्यायपूर्ण
अन्धकारका साम्राज्यहरूमा
सचेतना, सु–शिक्षा र न्यायपूर्ण
प्रकाश–रोशनी छर्दै–छर्दै जाने
सबल –उज्ज्वल यात्रा हो यो
दमन, उत्पीडन र शोषणका
काँढेतार, बन्धन र डोलहरू
तोड्दै–तोड्दै अघि बढ्ने
टुटेका इतिहासका कडीहरू
जोड्दै– जोड्दै समग्र युद्ध लड्ने
नयाँ युगको महायात्रा
लिय, जातीय र क्षेत्रीय
अत्याचार, उत्पीडन र ज्यादतिका विरुद्ध
स्वतन्त्रता, स्वायत्तता र आत्मनिर्णयका
मेजर अप्रेशनहरू चलाउ“दै हिड्ने
नवीन विचारयुक्त सृजन यात्रा हो यो ।
वर्गयुद्धका जटिल र जोखिमपूर्ण मोर्चाहरूमा
अन्तरसङ्घर्ष र दुईलाइन सङ्घर्षका
घुमघुमाउदार मोड र घुम्तीहरूमा
प्रखर र प्रवेगयुक्त भएर भिड्दै विजित बन्ने
रक्तरञ्जित विजय यात्रा हो यो ।
क्रान्तिको मन्त्र जप्दै भ्रान्तिका तुँवाला लगाउनेहरूलाई
भाँतीभाँतीका दक्षिणपन्थी, संशोधनवादी
र सुधारवादी पण्डाहरूलाई
मालेमावादका रापिला डण्डाले दनक लगाउदै
क्रान्तिको सुदीर्घ दिशा निर्देश गर्ने
अचुक क्रान्तियात्रा हो यो ।
वैचारिक कुवाका भ्यागुताहरूलाई
बाहिर निकालेर पछार्नसक्ने
व्यावहारिक जड्ताका सूत्रधारहरूलाई
टाउकोमा दुम्सीका प्वा“खले घोचिदिने
विकृति र विसङ्गतिका विरूपहरूलाई
सांस्कृतिक क्रान्तिको भट्टीमा झोकिदिने
प्रतिक्रान्तिका विरासतहरू विनष्ट गर्न
आफ्नो टाउकोमा आफै आगो लगाउन सक्ने
साहस र शौर्यको प्रशान्त महासागर हो
विचार र विधिको नवीन सगरमाथा हो
रक्तबीज हो यो
जो रक्त–कणिकाहरूमा जन्मिदै र बढ्दै जान्छ
सारा समस्याको हल क्रान्तिमा देख्ने
समग्र क्रान्ति यात्रा हो यो ।
अग्रगामी युग र इतिहासका
गतिवान पाङ्ग्राहरूलाई बलात् रोक्न खोज्ने
नवउदीयमान रविका
लाल रोशनी र प्रभातीकिरणहरूलाई
प्रतिगमनकारी काला पर्दाहरूले छेक्न तम्सिने
यस भूमि र जमानाका
खलनायक र बुख्या“चाहरूलाई
मृत्यु–पत्रहरू बा“ड्दै–बाड्दै हिड्ने
मृत्युपथ पनि हो यो ।
सुन्दर जीवनहरू उजाड्दै हिड्ने
सौम्य जगतहरू भत्काउदै डुक्रिने
पददलित र दमित–थिचित वर्गका
आँशु, रगत र पसीनामा पौडीखेल्ने
नरपीडक र परपीडक
याङकीका जल्लादहरूलाई
जिउ“दै भष्मिभूत पार्ने
अजेय अग्निज्वाला हो यो ।
हाँसोका मुस्कानहरूमा आँशुका बुँदहरू देख्ने
आँशुका भेलहरूमा हाँसोका बगैंचाहरू फुलाउने
पराजयका पीरहरूमा विजयका वीरहरू जन्माउने
प्रतिकूलताका कठिन पहराहरूमा
अनुकूलताका आलीशान महलहरू उभ्याउने
सर्वहारा वर्गीय स्वार्थ र पक्षधरतामा
वेपर्वाह प्राणै अर्पिदिने
याङकी हुँडार र दक्षिणी गोमनहरूका लागि
पल पलमा ‘मृत्यु धराप’ र ‘गहिरो चिहान’ भइदिने
‘आकाश छुन सक्ने’
धर्ती चुम्न सक्ने’
ब्राम्हाण्ड नै थर्काइदिने
महासागर सुकाइदिने
मृत्युभित्र जीवन देख्ने
निर्मल–कञ्चन छहरा र झरनाझैं बगिरहने
क्रान्ति यात्रा हो
क्रान्तिपथ हो ।