तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत,एकजना पक्राउ
काठमाडौं। तेह्रथुममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय सन्तोष कटुवाललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कटुवालले ती किशोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।