मुगु जिल्लाको गमगढी बसपार्क ३ वर्षदेखि अलपत्र,स्थानीयलाइ सास्ती,नगरपालिका मूखदर्शक

मुगु। मुगु जिल्लाको गमगढी बसपार्क ३ वर्षदेखि अलपत्र हुँदा जिल्लामा आउने र जिल्ला बाहिर जाने यातायातका साधन बिच सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।

 

 

झन्डै ८० लाख रुपैयाँको बजेटबाट गमगढीस्थित नेपाल रेडक्रसको भवनमुनि बसपार्क बने पनि टिकट घरलगायत संरचना नबन्दा बसपार्क अलपत्र परेको हो ।

सडकमै सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।

 

 

यात्रुहरू सास्ती भोग्न बाध्य छन् जथाभाबी जिप, ट्रक, बस, यम्बुलेन्स, ट्रयाक्टर पार्किङ गर्दा गमगढी क्षेत्र कुरूप भएको स्थानीयको बासिन्दाको गुनासो छ ।

 

 

बसपार्क नहुँदा जिल्ला बाहिर जाने यात्रुहरू टिकटका लागि बजारभरि भौँतारिनुपर्ने बाध्यता भएको स्थानीयले बताए । ‘एक त बजार क्षेत्र नै सानो छ, ‘त्यसमा पनि जथाभाबी पार्किङ हुन थालेपछि बटुवालाई समेत हिँडडुल गर्न मुस्किल भए को छ।

 

 

जथाभाबी पार्किङ गर्दा गमगढीको न्युरोड क्षेत्र हुँदै विभिन्न विद्यालयमा पढ्ने बालबालिकाले पनि सास्ती भोगिरहेको उनको स्थानीय बासिन्दाले बताए  ।

 

 

त्यस्तै छायाँनाथ रारा नगरपालिकाले कुनै पनि चासो नदेखाएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। नगरपालिका गैह्र जिम्मेवार बनेको यतायात व्यवसायी,स्थानीय बासिन्दा र यात्रुहरूले बताउने गरेका छन्।

 

नगरपालिकाका मेयरले त हामीले केही गर्न नसक्ने र प्रदेश सरकारको कराइड यरिया भित्र पर्ने भन्दै आफु पन्छिने काम बाहेक अरू कही नगरेको स्थानीयले बताउने गरेका छन्।

 

 

  गाडीले उडाएको धुलोले स्थानीय बासिन्दाहरू सास्ती भाेगी रहेका छन् भने गमगढी बसपार्क ३ वर्षदेखि अलपत्र हुँदा समेत नगरपालिकाले चासाे नदिनु गैह्र जिम्मेवार देखिएकाे छ।

 

 

 

जिल्लामा आउने र जिल्ला बाहिर जाने गाडीहरू बिच सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाे र नगरपालिकाले चासाे नदिएकाे गाडी चालकहरूले बताउने गरेका छन् ।

 

 

नेपाली सेनाले निर्माण सम्पन्न गरेको नाग्मा–गमगढी सडकमा २०६९ पुसदेखि यातायातका साधन सञ्चालनमा छन् । प्रदेश सरकारको ६० लाख र अन्य निकायको २० लाख रुपैयाँ लगानीमा बसपार्क निर्माण गरिएको थियो ।

 

 

बस राख्ने पार्क निर्माण भए पनि बजेट अभावका कारण टिकट काट्ने काउन्टर भवन निर्माण अझै हुन नसकेको यातायात व्यवसायीको गुनासो गरेका छन् ।

 

 

अहिले रारा, छायानाथ, छायानाथरारा, कान्जिरोवा लगायत यातायात व्यवसायी कम्पनीले बिच सडकमै अस्थायी टहरा निर्माण गरी जिल्ला बाहिर जाने गाडीहरूको टिकट काट्दै आएका छन् ।

 

फाइल तस्वीर

बसपार्क सञ्चालन नहुँदासम्म टहरोबाटै टिकट वितरण गर्नुपर्ने बाध्यता भएको यातायात व्यवसायीले बताउने गरेका छन्।

 

 

बसपार्क नहुँदा गाडीबाट सामान चोरी हुने, गाडीमा क्षति हुने, टिकट काटेका यात्रुहरू छुट्नेलगायत समस्या भएको यातायात व्यवसायीले बताउने गरेका छन् ।

 

 

‘बसपार्क भए सुरक्षित तरिकाले गाडी पार्किङ गर्न सकिन्थ्यो, यात्रुले पनि बसपार्कबाट गाडी चढ्न पाउँथे,बजारमै पार्किङ गर्दा गाडीबाट दिनहुँ जसो सामान चोरी हुने गरेकाे व्यवसायीले बताए ।

 

 

 

अहिले न्यूरोडस्थित शिक्षा विकास तथा समन्वय इकाई को परिसरदेखि चन्दननाथ रोडसम्म सवारीसाधन पार्किङ गर्ने गरिएको छ । बिच सडकमै दैनिक ५०/६० वटा गाडी पार्किङ गर्दा हिँडडुल गर्न समस्या भएको स्थानीयको गुनासो छ ।

 

 

 

सडकमै पार्किङ गर्दा सडक जीर्ण बन्दै गएको छ । सडक डिभिजन कार्यालयले गत वर्ष ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरेको ढल निकास भत्किएको छ ।

 

 

 

बसपार्क नहुँदा सडक सधैँ हिलाम्मे हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रहरीले बताउने गरेका छन् ।ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको ट्राफिक प्रहरीकाे गुनासाे छ ।