५५ सालमा विस्थापित बाजुराको बिच्छ्याँ प्रहरी चौकी २२ वर्षपछि पुन:र्स्थापना

काठमाडौं। बाजुराको दुर्गम हिमाली गाउँपालिका बिच्छयाँमा सशस्त्र द्वन्द्वका बेला विस्थापित प्रहरी चौकी २२ वर्षपछि पुन:र्स्थापित गरिएको छ ।

 

साबिकको बिच्छयाँ गाविसमा रहेको चौकी माओवादी द्वन्द्वका बेला ०५५ साल वैशाख २७ गते विस्थापित भएको थियो ।साे  प्रहरी चौकी आइतबार पुन:र्स्थापित गरिएको छ ।

 

 

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल,नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)चतुर्भुज ओझा र जनप्रतिनिधि ,सरोकारवाला निकायहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमका विच संयुक्त रूपमा प्रहरी चाैकीकाे पुनःस्थापना गरिएका थियो ।

 

 

  सो क्षेत्रमा कस्तुरी मृग, डाँफे र ओतको अवैध सिकार हुने गरेको गुनासो बढ्दै गएपछि उक्त स्थानमा प्रहरी चाैकी पुन स्थापना गरिएकाे डिएसपी चतुर्भुजओझाले जानकारी दिनु भयो ।

 

 

  प्रहरी सेवा लिनका लागि पनि  त्यस स्थानका बासिन्दाले ४ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेकाे थियो भने स्थानीयलाई सेवा लिन र हामीलाई उक्त क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न सजिलो भएको डिएसपी ओझाले बताए। 

 

 

 

यसअघि पनि प्रहरीको जिल्ला नेतृत्वले बिच्छयाँमा चौकी स्थापनाको पहल गरेको थियो । तर, जडीबुटी तस्करीमा संलग्नहरूले प्रहरी आएमा छोरी, चेलीहरू असुरक्षित हुन्छन् भनेर स्थानीयलाई उचालेपछि पुनर्स्थापना सम्भव भएको थिइन।

 

 

 

दुर्गम ठाउँ पनि भयो, त्यहाँ सिजन हेरेर जानुपर्छ,डिएसपी ओझाले भने, सायद त्यसैले सक्रियता कम भयो होला । ढिलै भएपनि चौकी पुनर्स्थापना भएको छ, यसले हामीलाई शान्तिसुरक्षा कायम गर्न मद्दत पुग्ने बताए।

 

 

नेविसंघ बाजुरा-काठमाडौँ सम्पर्क समितिका सचिव थुमराज उपाध्यायका अनुसार बाजुराको निकै विकटमा पर्ने बिच्छयाँमा प्रहरी चौकी स्थापना हुँदा स्थानीय बासी खुशि भएकाे बताए।

 

 

चौकी पुनःस्थापना पश्चात बाजुरा जिल्ला कै झन्डै ३५ प्रतिशत भूभाग ओगटेको चौकीको जिम्मेवारी क्षेत्र भित्र शान्ति सुरक्षा व्यवस्थापनमा थप सहजता हुनका साथै सो क्षेत्रमा रहेका कस्तुरी ,मृग ,राष्ट्रिय पंक्षी डाफे ,ओत लगायतका संरक्षित बन्य जन्तुहरूको अवैध चोरि सिकारी नियन्त्रण ,प्रतिबन्ध पाँच औले ,यार्सागुम्बा लगायतका जडिबुटीहरूको अबैध निकासी पैठारी रोकथाम गर्ने सकिने बताए।

 

 

त्यस्तै छिमेकी जिल्ला हुम्ला र बझाङ सँग जोडिएका सिमा नाकाहरूमा हुने अपराधहरूमा समेत कमी आउने विश्वास गरिएको,डिएसपी ओझाले बताए ।