वैज्ञानिक समाजवादीको पहिलो राष्ट्रिय भेला भोलिदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला भोलि (बिहीबार) देखि सुरु हुने भएको छ।

 

 

 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य मदन अर्यालले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन हुने जानकारी दिएका हुन् ।

 

 

 

आगामी चुनावमा भाग लिने वा नलिने भन्नेबारेमा पनि भेलाले तय गर्ने आहुतिले जानकारी दिएका छन्। उनले भने, ‘हामी चुनावमा जाने या नजाने भोलिको भेलाले तय गर्नेछ ।

 

 

 

भेलाले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

 

 

 

भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने केन्द्रीय सदस्य अर्यालले जानकारी दिए । उनका अनुसार भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरुबाट समेत प्रतिनिधित्व हुनेछन् ।

 

 

 

 

भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत गरिनेछ । साथै पार्टीको भेलाले वैज्ञानिक समाजवादी संस्कृतिका केही आयामहरुको घोषणा, सकल्प गर्ने पनि उनले बताए ।

 

 

 

 

भेलाको उद्घाटन समारोहमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु भेला उपस्थित हुने छन् ।