१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने ४८ वर्षीय हिस्कि पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं।, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

चटौतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

 

पाल्पा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

कोशल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

 

तनहुँ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-३ कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-६ घर भएका २१ वर्षीय सनिल मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।