विप्लव नेतृत्वको नेकपा सत्तारुढ गठबन्धनमा (विज्ञप्तिसहित)
काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनका लागि प्युठानमा सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने भएको छ ।
नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।
शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।
नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीभित्रको वहुमत पक्ष निर्वाचनमा भाग लिन नहुने पक्षमा छ । तर महासचिव विप्लव पक्ष भने चुनावमा भाग लिने पक्षमा छ ।
संयुक्त विज्ञप्ति हेर्नुहोस्: