कांग्रेस गुटले तालमेलमा अलमल
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिले स्थानीय तहमा अवस्था र आवश्यकताका आधारमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो।
सत्ता गठबन्धन दलबीच एकता कायम राख्न चुनावी तालमेल अनिवार्य भन्ने विषय पनि आयो।शीर्ष नेताहरूको अभिव्यक्ति पनि तालमेल केन्द्रित नै देखिन्छ।
सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच चुनावी तालमेलमा जति एकरूपता छ, कांग्रेस पार्टीभित्र त्यति नै विभाजित अवस्था रहेको छ।
कांग्रेसभित्र गठबन्धन दलसँग चुनावी तालमेल गर्ने विषयमा फरकफरक मत छन्। संस्थापन अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष चुनावी तालमेल गर्ने निर्णयको बचाउमा छ भने शेखर कोइराला अर्थात् संस्थापन इतर पक्ष उक्त निर्णयविपरीत उभिएको छ।
कांग्रेसभित्रको गुटगत प्रभाव सत्ता गठबन्धनबीच हुने चुनावी तालमेलमा स्पष्ट देखिएको छ।बाँकेमा संस्थापनइतर समूहका नेता नारायणप्रसाद गौडेल पार्टी सभापति छन् ।
उनले नै सत्ता गठबन्धनबीचको समन्वयकारी भूमिकाको नेतृत्व गर्छन्। तर गुटगत मानसिकता बोकेका उनको प्रभावकारी भूमिका नहुँदा बाँके चुनावी तालमेलबाट पछाडि हटेको छ।
सत्ता साझेदार दलहरू तलैसम्म तालमेल गर्ने निष्कर्षमा पुगिसके। तर चुनावी तालमेल अवस्था र आवश्यकता हेरेर गर्ने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए।
‘जिल्लामा सत्ता साझेदारबीच चुनावी तालमेलमा कांग्रेसले अड्को थापेको एकोहोरो आरोप लागेको छ,’ उनले भने, ‘गठबन्धनको बैठकमा गरिएका निर्णयमा गठबन्धन दलका नेताहरूका पनि हस्ताक्षर छन् ।
स्थानीय तह र वडाकोे अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने वा नगर्ने त्यहीकै नेताकार्यकर्ताकै अधिकार क्षेत्रको विषय भएको उनले बताए।
कांग्रेसको केन्द्रीय समितिकै निर्णयअनुसार आफूले जिल्लामा काम गरिरहेको भन्दै उनले भने, ‘जिल्ला सभापति भएपछि यो वा त्यो गुट भन्ने नै भएन। केन्द्रको निर्देशनअनुसार काम गरेको छु ।
बदनाम गराउने नियतले आफूमाथि आरोप लगाइएको उनको भनाइ छ। कसैले घाँस खा भन्दैमा खान नसकिने बताउँदै उनले भने, ‘हिजो कांग्रेसले जितेको ठाउँ आज कसरी छाड्न सकिन्छ ?
जिल्ला सभापति गौडेल तालमेलका लागि अनिच्छुक रहेको देखिएकाले गठबन्धनका बैठकहरू सफल हुन नसकेको कांग्रेसभित्रकै नेताहरू बताउँछन्।
‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा चुनावी तालमेलका विषयमा लाग्नुभएको छ,’ कांग्रेसक्ँ एक नेताले भने, ‘पार्टीको लाइनका हिसाबले पनि बाँकेमा प्रभावकारी भूमिका निर्वाह गरिएन।
कांग्रेस एक्लै जानुभन्दा साझेदारी गरेर जाँदा नतिजा राम्रो आउँथ्यो ।’ यता संस्थापन पक्षका नेता तथा पूर्वसांसद बादशाह कुर्मीले तालमेलका लागि प्रयास भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए।
गठबन्धन दलबीच चुनावी तालमेल गर्ने विषयमा जिल्ला कार्य समितिको बैठक नै नबसेको उनले बताए। ‘जिल्ला कार्यसमितिको बैठक बस्नै सकेन, उनले भने, ‘तर पदाधिकारी बैठकमा भने तालमेलबारे छलफल भएको थियो। नागिरकबाट,