स्थानीय निर्वाचन बहिष्कार अभियानबाट क्रान्तिकारी माओवादीका नेता कार्यक्रता गिरफतार, विनाशर्त रिहाइको माग
काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)ले सञ्चालन गरिरहेको बैशाख ३० गतेको स्थानीय निर्वाचन बहिष्कार अभियानको क्रममा आज बर्दीयाको राजापुरबाट पाँच जना गिरफ्तार गरिएका छन्।
क्रान्तिकारी माओवादी पिविएम तथा ५ नं. प्रदेश सचिव भुपेन्द्र, के स समीर केसी, विपिन रोकाय र अखिल क्रान्तिकारी के.स. मनोज थापा र जिल्ला सदस्य भक्ति काफलेलाई गिरफ्तार गरेकोमा उहाँहरुको विनाशर्त अविलम्व रिहाइको माग गर्दै निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ।