दाङको फूलबारीमा टेलिकमको फोरजी टावर सञ्चालनमा
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ ।
फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र भए पनि ऐतिहासिक तथा पर्यटकीय हिसाबले उपयुक्त भएको बताउनुभयो ।
यसअघि त्यहाँ टेलिकमको टावर नहुँदा फोनको समस्या हुन्थ्यो । फोन गर्न डाँडकाँडा पुग्नुपथ्र्यो ।
अब भने घर–घरबाटै फोन गर्न सकिने स्थानीय अगुवा दीपशिखा घर्तीले बताउनुभयो । फूलबारी तुलसीपुर विकट वडाका रूपमा लिइन्छ ।
त्यहाँ दुई वर्षअघि टेलिकम टावर निर्माण पूरा भएको थियो ।