एमालेका नेता तथा सांसद मोहन बानियाका छोरा पेस्तोलसहित पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन् । जिल्लाको खत्याड गाउपालिका–७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन् ।

मंगलबार दिउसो ३ बजे तिर संकास्पद अवस्थामा प्रहरीले चेकजाँच गर्दा पेस्तोल भेटिएकोले प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पण बानियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझचौरमा राखिएको छ, भने भोलि नै जिल्ला प्रहरी कार्यालमा ल्याई अनुसन्धान गरी हातहतियार कसुर सम्बन्धी कानून बमोजिम अगाडि बढाइने बताइएको छ ।