साउन १ गतेसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य,सरकारी उर्दी उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटमा सवारी धनीको रुचि घटिरहेका बेला सरकारले आगामी साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।

 

 

 

सरकारी उर्दी उल्लङ्घन भए कारबाही गर्ने जनाउ दिंदै सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारी साधनले अर्को महिनासम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो। इम्बोस्ड नम्बर प्लेट राखिंदा यातायातका साधन चोरी नियन्त्रणमा आउने सरकारी बुझाई छ ।

 

 

 

हालसम्म इम्बोस्ड निर्माण कम्पनीले साढे दुई लाख इम्बोस्ड नम्बर प्लेट तयार गरिसकेको हुनाले विभागले चाँडो भन्दा चाँडो नम्बर प्लेट लगाउन आग्रह गरेको यातायात ब्यवस्था विभागले आग्रह गरेको हो ।

 

 

 

बागमती प्रदेशको एकान्तकुना–ललितपुर, गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात कार्यालयहरुमा आवश्यक तयारी गरिएको छ ।

 

 

 

इम्बोस्ड नम्बर प्लेटको गुणस्तरमा प्रश्न उठिरहेका बेला विभाग भने यो नम्बर प्लेटको आयु कम्तिमा एक दशक रहेको दावी गर्छ ।

 

 

बरु सामान्य नम्बर प्लेटभन्दा यो बलियो र किफायती हुने उसको तर्क छ । गुणस्तरहीन इम्बोस्ड नम्बर नभएर प्लेट लगाउँदा कसिने पेचको गडबढीका कारण गुनासो आएको हो ।

 

 

 

 

इम्बोस्ड प्लेट जडान गरिएका सवारी साधनमा चिप्स राखिंएको हुन्छ । उक्त चिप्समा सवारीसाधन सम्बन्धी सम्पूर्ण विवरण हुन्छ ।

 

 

 

यो प्रणाली प्रभावकारीरूपमा सञ्चालनमा आउदा सवारीसाधन चोरी घट्ने सरकारी दावी छ। अहिले प्रचलनमा रहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ वटामा सीमित गरिएको छ ।

 

 

 

 

निजी सवारी साधनमा सेतो प्लेटमा कालो, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो, सरकारीमा सेतो नम्बर प्लेटमा रातो र कूटनीतिक नियोगका सवारीमा सेतो प्लेटमा नीलो अक्षर राखिने छ ।