एकीकृत समाजवादीले २४ घण्टा भित्र सबै मन्त्री फिर्ता बोलाउने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बहालवाला मन्त्रीहरुलाई बोलाएर नयाँ मन्त्री पठाउने भएको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र बहालवाला मन्त्रीहरुलाई बोलाएर सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
हाल देउवा नेतृत्वको सरकारमा एसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् ।
एसले ६ महिनाका लागि उनीहरुलाई मन्त्री बनाएको थियो । उक्त समयावधि सकिएसँगै एसले अब उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।
मन्त्री हेरफेरको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालको हातमा रहेको छ ।