विश्वराज पोखरेलको बिदा आईजीपीद्वारा अस्वीकृत

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गरेका छन् ।

 

 

यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गरेका छन् ।

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाउनु पाठाएका थियो ।

 

सम्बन्धितले बिदा माग्नुपर्ने नियम अनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् ।

 

प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताए।

 

आइजिपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा छन्। 

 

हालैको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका उहाँलाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आइजिपीको निष्कर्ष छ ।

 

आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।