सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
२२ जेठमा प्रदेश सभामा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार सर्वसम्मतिले पारित भएको हो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रममा भएका बुँदाहरु बजेटमा समावेश हुनुपर्ने सुझाव दिएका थिए ।
विपक्षी दलका सांसदले प्राथमिकता एकातिर हुने र नीति तथा कार्यक्रम र बजेट अर्कै हुने गरेको गुनासो गरेका थिए । तर पारित गर्ने क्रममा भने प्रतिपक्षी दलका सांसद मौन बसे भने सत्ता पक्षका सांसदले समर्थन जनाएका हुन् ।