मनसुन नफैलँदै बाढीपहिरोको त्रास
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले बुधबार मेलम्ची नगरपालिका( ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाएको अस्थायी पुलमा क्षति पुग्यो ।
त्यसैगरी दुई दिनदेखिको भीषण वर्षाले म्याग्दीको गलकोट क्षेत्रमा क्षति निम्त्याएको छ । पहिरो र भेलबाढीले स्थानीयका घरगोठ पुरिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका(४ नाग्दीखोलामा पहिरो खसेपछि बुधबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । पहिरोमा मुग्लिन(नौेविसे सडक खण्डमा पनि सवारीसाधन रोकिए ।
जेठ नसकिँदै आएको बाढी तथा पहिरोका कारण क्षेती पुग्न थालेपछि त्रास उत्पन्न भएको छ । यस वर्ष एक साताअघि नै भित्रीएको मनसुन देशभर फैलन नपाउँदै बाढी र पहिरोको त्रास हुन थालेको छ ।
मनसुन भित्रिने सरदर मिति १५ जुन भएपनि जुन ५ मा नै मनसुन भित्रिएको हो । नेपालमा पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन मुलुकभर फैलिने नपाउँदै मुलुकमा विभिन्न स्थानमा बाढीपहिरो सुरु भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।