देशका पूर्वाधार निर्माण क्षेत्रमा गुणस्तरीय परियोजना सम्पन्न गर्न शर्मा एन्ड कम्पनी सक्षम

काठमाडौं । देशको पूर्वाधार निर्माण क्षेत्रमा काम गर्दै आएको शर्मा एण्ड कम्पनीले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्दै आइरहेको छ। 

 

 

 

साथै कम्पनीले सामाजिक क्षेत्रका अन्य कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइ रहेको छ ।

 

वि.सं. २०२२ सालमा कम्पनीका अध्यक्ष राधाकृष्ण शर्माबाट विधिवत् रुपमा सञ्चालनमा आएको कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न गरी हस्तान्तरण गर्ने गरेको कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताए । 

 

 

 

कम्पनीले समयमा नै निर्माणकार्य सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणकार्यलाई थप गुणस्तरीय तथा व्यवस्थित गरेर लागिएको प्रबन्धक शर्माले बताए।

 

 

 

कम्पनीले निर्माण गरेका वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्क, मेलम्ची खानेपानी आयोजनाको १ सय ५० मिटर पाइप बिछ्याउने काम, सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका महत्वपूर्ण परियोजनाहरुमा काम गरि सकेकाे छ ।

 

कम्पनीले अक्षय कोष स्थापना गरी सामाजिक कार्य पनि काम गरिरहेको शर्माले बताए।  

 

 

त्यस्तै कोभिड–१९ महामारीका कारण रोकिएको ४ अर्ब भन्दा बढी लगानीको केबलकार र तारे होटेल निर्माणको काम अघि बढाएको छ ।

 

 

मुलुकका दुई प्रतिष्ठित व्यावसायिक घराना शर्मा एन्ड कम्पनी र आईएमई ग्रूपको संयुक्त लगानीमा बुटवल–पाल्पा केबलकार र होटेल निर्माणको काम अघि बढेको हो ।

 

 

 

 निर्माण क्षेत्रमा सफल शर्मा एन्ड कम्पनीले यो परियोजनामा ५० प्रतिशत लगानी गर्दै पहिलोपटक होटेल र केबलकारमा लगानि गरेको हो ।

 

 

 

 

काठमाडौंको चन्द्रागिरिमा केबलकार र रिसोर्ट सञ्चालन गरेको आईएमई समूह र शर्मा एन्ड कम्पनीले कोरोनाका कारण रोकिएको परियोजना अघि बढाएको शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्माले जानकारी दिए ।३ महीनादेखि केबलकारका संरचना निर्माण भइरहेको छ। 

 

 

 

उक्त केबलकारका नौ ओटा टावरमध्ये ६ ओटा खडा गर्ने काम सम्पन्न भइसकेको छ । असार मसान्तसम्ममा केबलकारका सबै टावर खडा गरिसक्ने कम्पनीले उल्लेख गरेको छ ।

 

 

 

केबलकारको शुरू विन्दु (बटम स्टेशन) बुटवलको बमघाट (चिडियाखोला) र अन्तिम विन्दु (टप स्टेशन) पाल्पाको वसन्तपुर डाँडामा रहनेछ।

 

 

 

२०८० वैशाखदेखि केबलकार सञ्चालन गर्ने गरी यसको संरचना निर्माण र डब्बा खरीद प्रक्रिया अघि बढाइने शर्माले बताए ।

 

 

उक्त केबलकारमा २४ थान डब्बा हुनेछन् । तीमध्ये दुईओटा सामान बोक्ने हुनेछन् । शर्माका अनुसार होटेल सञ्चालनमा आउन अझै २/३ वर्ष लाग्नेछ ।

 

 

केबलकार सञ्चालनपछि, दोस्रो चरणमा पाँचतारे स्तरको सुविधा हुने गरी होटेल तथा लज बनाउने र सभासम्मेलन गर्न सक्ने गरी हल र रेस्टुराँहरूसमेत निर्माण गर्ने लक्ष्य रहेकाे शर्माले जानकारी दिए । 

 

 

त्यसका लागि करीब ३० रोपनी जग्गा किनिसकेको र अझै ३० रोपनी थप्ने योजना रहेका शर्माले जानकारी दिए । 

 

 

बुटवल र भैरहवाको उच्च तापक्रमबाट राहत पाउन बुटवलबाट केही किलोमीटरको दूरीमा रहेको वसन्तपुर डाँडा निकै उपयुक्त मानिन्छ ।

 

केबलकार निर्माण भएपछि यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न सक्ने लगानीकर्ताको विश्वास छ ।

 

 

यसैगरी हालै सम्पन्न दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध र निर्माण सम्पन्न हुने क्रममा रहेको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा आउने पर्यटकका लागि पनि पाल्पा उपयुक्त रोजाइ र हिल स्टेशन शैलीको गन्तव्य बनाउने लक्ष्य राखिएको शर्माले बताए ।