सुन तस्करीको विवाद छताछुल्ल: राजश्व छलीदेखि,सीआईवी माथि नै मुद्दासम्म
काठमाडौं।देश टाट पल्टिने अवस्थामा पुगिरहेको बेला एक सुन व्यापारी भने राज्यलाई चुनौति दिनेगरी अवैध सून तस्करी गरी राज्यलाई कर छली गरेर अथाहा सम्पत्ति कमाउन सफल भएका छन्।
काठमाडौंको न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्य र तिसा ज्वेलर्स प्रालिकी संचालिका उनकी धर्मपत्नी शान्ति शाक्य (स्थापित)को मिलोमत्तोमा अबैध सुन खरिद गरी राज्यलाई अर्बौं बराबरको राजश्व छली गर्न सफल बन्दै रातारात अर्बपति बन्न सफल भएका छन् ।
शाक्य दम्पत्तिले भारतको कलकत्ता, दिल्ली, मुम्बईबाट भरियामार्फत् चोरबाटो प्रयोग गर्दै हालै मात्र ५०—८० किलो सुन नेपाल भित्र्याई राजश्व छली गरी त्यो सुन विभिन्न गहना पसलमा विक्री वितरण गरिरहेको एक सुन पसलेले नाम नभन्ने सर्तमा बताए ।
शाक्यले नियमसंगत सुन चाँदी व्यवसायीसँग सिमित सून पसलमा स्टक राखेर आफूले तस्करी गरेको सुनका गरगहना बनाई ग्राहकलाई बेच्ने गरेको बुझिएको छ ।
शाक्यले ५०—८० केजी सुन नेपाल भित्र्याउनको लागि खुल्ला बोर्डर भएको चोर बाटो प्रयोग गरी नेपाल प्रहरीका उच्च अधिकारीसँग सेटिङ मिलाई प्रति भरियालाई दुई दिनको आवतजावत गरेवापत २० हजार रुपैयाँको दरले बाटो खर्च दिई सुन नेपाल भित्र्याउन सफल बन्दै आइरहेका छन् ।
अवैधरुपमा नेपाल भित्र्याईको बिना बिल सुन विक्री गरेको रकम तिसा ज्यवेलर्स प्रालिकी संचालिका शाक्यकी श्रीमती शान्ति शाक्य(स्थापित) को लक्ष्मी बैंक न्यूरोड शाखाको खाता नं. ०१०११०५८५२५ मा जम्मा गरेको स्रोतले दावी गरेको छ ।
सो खातामा अहिले पनि अर्बौ रुपैयाँ स्रोत नखुलेको रकम भएको समेत स्रोतले दावी गरेको छ । सो खातामा यस्तो अवैधरुपमा जोडेको सम्पत्तिको छानविन गर्ने निकाय सम्पत्ति सुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार र प्रहरीको दृष्टि कहिले पुग्ने हाे त्याे हेर्न बाँकी नै छ।
राज्यले निर्देशन गरेको नियम अनुसार ५० हजार रुपैयाँ भन्दा माथिको कारोबार चेकमार्फत गर्नुपर्नेमा राजश्व कार्यालयको नियमलाई नै धोती लगाउँदै करोडौं रुपैयाँको कारोबार नगद नै गर्दै आइरहेको पनि स्रोत दावी गरेको छ ।
शाक्यको बैंक खातामा भएको रकमलाई हेर्ने हो भने अहिलेसम्म राज्यलाई कति राजश्व तिरेका छन्, त्यो राजश्व अनुसन्धानलाई नै छाडौं ।
शाक्यको सेटिङमा गडबढी भएका कारण गत मंसिरमा एयरपोर्टबाट अवैधरुपमा ल्याएको २ किलो सुन बरामत गरिको थियो ।
सो सुन काण्डलाई डिसमिस पार्न पूर्व महान्यायाधिवक्ता र श्रीमान स्वयम्ले समेत चलखेल गरेको स्रोतले दावी गरेको छ ।
आफूले हानेको तिर आफैँतिर भनेजस्तो आफ्नै साझेदार रहेका भारतीय नागरिक नरेश वर्मासँग खरिद गरेको सुन, सुन पसलमा उसले गरेको लगानी र प्रफिटको हिसावकिताव लामो समयदेखि गर्न आनाकानी गर्दै उसको सम्पूर्ण प्रतिफलसहितको लगानी एक्लै ‘कपल्याक्कै’ पार्न खोजेपछि साझेदारबीचको लगानी विवाद सडकमा छताछुल्ल भएको हो ।
आफूले पाउनु पर्ने झण्डै साढे १२ करोड रकम नेपाली साझेदारले हिसाव दिन नखोजेपछि भारतीय साझेदार नरेश वर्मा भारतीय दूतावास गुहार्न पुगेका थिए ।
दूतावासकै समन्वयमा केन्द्रीय अनुसन्धान व्यूरोमा पुगेको सुनमा लगानी विवाद एकसाता भित्र मिलाउने सहमती सीआईवीमा भएको थियो ।
सीआईवीमा छलफल गर्न पुग्दा निलम गहना पसलका नेपाली सञ्चालक सागर शाक्य र भारतीय साझेदार नरेश वर्मासँगसँगै मिडीयटरका रुपमा सुनचाँदी व्यापार सँघका अध्यक्ष मणिकरत्न शाक्य र सुरेश शाक्य पनि थिए ।
मिडीयटरद्धय शाक्यले एकसाता भित्र अडिट गरिसक्ने र दुई पक्षबीच लेनदेन विवाद टुंग्याएर उनीहरुबीच समुधर सम्वन्धका साथ मिलापत्र गराउने प्रतिज्ञा सीआईवीमा गरेका थिए ।
तर, धन भनेपछि महादेवको पनि तेस्रो नेत्र खुल्छ भनेझैँ भारतीय साझेदारले आफूले पाउनु पर्ने साढे १२ करोडको दावी सहितको प्रमाण प्रस्तुत गरिरँहदा नेपाली साझेदार सागर शाक्यले भने दुई करोड मात्र दिने अडान राखेका थिए ।
लगानीका सन्दर्भमा दुई पक्षबीच आआफ्नै अडान कायम रहीरहँदा मिडीयटरको जिम्मेवारी निभाउने प्रतिवद्धता जाहेर गरेका शाक्यद्धयले भने नेपाली साझेदार सागर शाक्यको प्रभावमा परेर ‘लगानी मौखिक सहमतीमा भएकाले मौखिक रुपमै मिल्नु पर्ने’ भन्दै भारतीय साझेदारलाई दबाब दिएका थिए ।
मिलापत्रका सन्दर्भमा छलफल भएता पनि दुई करोडबाट माथि जान सागर शाक्यले इन्कार गरेपछि वार्ता अलपत्र परेको थियो ।
समाचार स्रोतका अनुसार बरु साझेदारलाई दिन तयार भएको दुई करोड रुपैया बाह्य व्यक्तिलाई खर्च गर्ने तर, भारतीय साझेदारलाई धम्की दिएर काठमाडौंबाट लखट्ने योजनामा सागर शाक्य रहेको बताइन्छ ।
उता, सुनको लगानीमाथि साझेदार–साझेदार बीच विवाद चलिरहँदा सम्पत्ति शुद्धीकरण विभागले निलम गहना पसल र त्यसका नेपाली सञ्चालकमाथि निगरानी बढाएको स्रोतले जानकारी दिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले सागर शाक्यसँग सुन पसलमा भएको लगानीका बारेमा सोधपुछ एवम् छानविनका लागि डाक्ने तयारी गरिरहेको बुझिएको छ भने यसअघि अवैध सुनको कारोबारमाथि ढोल बजाएर हात्ती लखटेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले पनि उक्त पसलको सुन खरिद विक्रीको हिसावकिताव हेर्ने तयारी गरिरहेको छ ।
यदी खरिद–विक्रीको विवरण नमिलेको खण्डमा अवैध सुन खरिद गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्ने अवस्था पनि आउन सक्ने बताइएको छ ।
सीआईवी माथि नै मुद्दा
मान्छेले इमान छाडेपछि के हुन्छ ?आफ्नै साझेदारको लगानी फिर्ता गर्नु त परैको कुरा उल्टै पचाउने नियतका साथ एक सुनपसलेले मुद्दामामिलाको बाटो रोजेका छन् । त्यो पनि हिसाव किताव फछ्र्योट गर्न सुझाव दिने सामाजिक न्यायीक निकाय प्रहरी कार्यालय माथि नै।
जो चोर उसैको ठूलो स्वर भनेझैँ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमाथि नै आफूलाई पक्राउ नगर्न उच्च अदालत पाटन गएपछि न्यूरोडस्थित निलम गहना पसलका सञ्चालक सागर शाक्यले भारतीय साझेदार नरेश वर्माको करोडौं बराबरको लगानी कपल्याक्कै पार्ने नियत राखेको पुष्टि भएको छ ।
भारतीय साझेदार वर्माले पश्चिमवंगाल राज्यमा रजिष्ट्र्रर्ड कार्यालय रहेको महेन्दि डाइमण्ड्स प्रा लि सँग आठ वर्ष अगाडी अर्थात् २०७१ साउन १९ गते निलम गहना पसलका सञ्चालक सागर शाक्यकी पत्नी शान्ति स्थापीत सञ्चालक तथा अध्यक्ष रहेको तिसा ज्वेल्स प्रालिसँग औपचारिक रुपमै साझेदारी गरेका थिए ।
गोल्डेन डाइमण्ड, ज्वेलरी, हिरा तथा सुनचाँदी गहना एवम् अन्य सजावटका सामाग्री साथै विभिन्न प्रकारका रत्न पत्थरहरु र सो जडीत गहना माग बमोजिम खरिदविक्री गर्ने सम्झौता गरिएको थियो ।
सो गरगहनाको हिसावकिताब शाक्यले भारतमै भुक्तानी बर्मालाई गरेका थिए भने भारतबाटै गरगहना पनि बुझेका थिए ।
उक्त करोडौंको गरगहना शाक्यले नेपाली भरिया लगाई प्रतिकेजी २० हजार रुपैयाँको दरले दिने सहमतिमा नेपाल प्रहरीका उच्च अधिकारीसँग सेटिङ मिलाई चोरबाटोबाट नेपाल ल्याउन सफल बनेका थिए ।
वर्माले शाक्यसँग लामो समयदेखिको सुनचाँदीका गहना पसलमा आफूले गरेको लगानी, जेम्स ज्वेलरी खरिद वापतको रकम तथा व्यवसायमा गरेको लगानीको नाफा समेत गरी १२ करोड बढी रकम पाउनु पर्ने दावी गर्दै आएता पनि तिर्न आनाकानी गरीरहेको अवस्थामा शाक्य सीआईवी विरुद्ध उच्च अदालत गएका थिए भने त्यतिबेलाका सीआईबी प्रमुख धिरजप्रताप सिंह अहिले नेपाल प्रहरीको नेतृत्वमा पुगेका छन् ।
यसरी जो चोर उसैको ठूलो स्वर भनेझै आफै गैरकानुनी कार्य गर्ने र प्रहरीमाथि नै मुद्दा हाल्ने शाक्यविरुद्ध अहिलेका प्रहरी प्रमुख सिंहले कस्तो एक्सन लेलान्, त्यो भने हेर्न बाँकी नै छ ।
एक मध्यस्तकर्ताका अनुसार न्यायलयका विवादीत (हाल निलम्वीत) न्यायमूर्तिका भाईलाई दलालका रुपमा प्रयोग गर्दै शाक्यले मुद्दामामिलाको बाटो रोजेका हुन् ।
उनले भने सेटीङ अनुसार नै सीआईवीमाथि मुद्दा हालीएको हो, सीआईवीमा हामीहरुबीच छलफल मात्र भएको हो, त्यहाँ तपाईंहरु बाहिरै मिल्नुस् भन्ने सुझाव दिइएको थियो ।
उता, सुनको लगानीमाथि साझेदार—साझेदार बीच विवाद चलिरहँदा सम्पत्ति शुद्धीकरण विभागले निलम गहना पसल र त्यसका नेपाली सञ्चालकमाथि निगरानी बढाएको स्रोतले जानकारी दिएको छ ।
यहीबीच, उच्च अदालत, पाटनका न्यायाधिश महेन्द्रनाथ उपाध्यायले चैत्र २५ गते गरेको आदेशमा दुबै पक्षलाई १५ दिन भित्र लिखित आदेशसहित छलफलका लागि डाकिएको र फौजदारी कसुरका सम्वन्धमा अनुसन्धान गर्नु पर्ने अवस्थामा बाहेक देवानी दायित्वको विषयलाई लिएर प्रस्तुत निवेदनको टुंगो नलागेसम्म कम्पनी सञ्चालनमा अवरोध सिर्जना नगर्न र निवेदकलाई धरपकड नगर्न भनिएको थियो ।
स्मरणीय छ, शाक्यको सुन तस्करीमा साथ दिने भरिया, आर्शिवाद दिने पूर्व महान्यायाधिवक्ता, सेटिङ मिलाई दिने उच्च प्रहरी अधिकारीको बारेमा समाचार प्रकाशित गरिने छ ।