नागरिकता विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

फाइल तस्वीर

काठमाडौं। सरकारले नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता गराउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको हो ।

 

 

 

यसअघि संसदमा दर्ता भएर लामो छलफल भइसकेको नागरिकतासम्बन्धी विधेयक शुक्रबार सरकारले फिर्ता लिएको थियो ।

 

 

 

आजै नागरिकता विधेयक संसदबाट फिर्ता लिएको सरकारले अर्को विधेयक पुनः संसदमा लैजाने निर्णय गरेको हो ।

 

 

 

 

मन्त्रिपरिषद्ले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको एक मन्त्रीले जानकारी दिए ।