देउराली बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ता र सेबाग्राहीमा पर्न गएको असुबिधा प्रति पुन: क्षमा माग्यो (विज्ञप्तिसहित)
काठमाडौं। ललितपुरको सात दोबाटोस्थित प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रती क्षमा मागेको छ।
लामो समयदेखि तरलता अभाव झेलिरहेको भन्दै संस्थाले विज्ञप्ति जारी गरेर सेबाग्राही सदस्यहरुको मर्म अनुरुप तरलता ब्यबस्थापन गर्न नसकीरहेको परिपेक्षमा सेबाग्राही सदस्यहरुमा पर्न गएको असुबिधा प्रती सहकारी पुन: एकपटक क्षमा प्राथी रहेको जनाएको छ।
संस्था संकटमा रहेको जानकारी सदस्यहरुले यस अघि पनि पाइसकेका थिए ।
कोभिड १९ को नेपाली अर्थतन्त्रमा परेको असरले हाम्रो देउराली बहुउद्देसीय सहकारी संस्था पनि अछुतो रहन सकेन ।
बैकिङ र बित्तिय क्षेत्रमा तरलता अभाब भैरेहेको बर्तमान अवस्था मा हाम्रो संस्था सेबाग्राही सदस्य हरुको मर्म अनुरुप तरलता ब्यबस्थापन गर्न नसकीरहेको परिपेक्षमा सेबाग्राही सदस्यहरुमा पर्न गएको असुबिधा प्रती सहकारी पुन एकपटक क्षमा प्राथी छ ।
बर्तमान यो असमान्य अवस्थामा बिभिन्न तबर बाट सहयोग गर्ने सहकारीका सदस्य हरु बचतकर्ता तथा ऋणी हरु लगायत हामी सँग बित्तिय कारोबार मा जोडीएका केही कर्मर्सियल बैंक हरु प्रती यो संस्था आभारी छ ।
साथसाथै सहकारी सम्बद्द नेपाल सरकारका नियमक निकाय हरुबाट समस्याको समाधान गर्न तर्फ देखाएको सद्भाब ,मार्ग निर्देश, सदासयता तथा सकरात्मक भूमिका प्रती हार्दिक कृतग्यता ग्यापन गर्दछु ।
बर्तमान असहज परिस्थिती को अवस्थालाई मध्य नजर गरेर संस्था का केही ठुला बचत कर्ता हरुले स्वत: स्फुर्त रुपमा ७ सदस्यिय सहकारी ब्यबस्थापन समिती गठन गरी सहकारीको मर्म अनुरुप बचत ब्यबस्थापन ,ऋण असुली साथै संस्थाको नाममा भ्ए रहेको सम्पत्ति बेच बिखन प्रकृयामा निरन्तर रचनात्मक भूमिका निर्बाहा गर्दै संस्थालाई पुरा पुर विश्वासका साथ सहयोग गर्दै आएको कुरा सबैमा जानकारी गराउन चाहन्छौ ।
ठुला माझौला तथा साना बचतकर्ता हरु जस्ले संस्था मा हाल पनि नियमित नगद जम्मा गरी रहनु भएको छ ,उहाहरु लाई बिशेष धन्यवाद भन्न चाहन्छु ! अन्त्यमा आगामी दिनहरुमा पनि यहाँहरुको संस्था प्रती यस्तै साथ सहयोग एक्यबद्दता काएम रहेमा हामी छिट्टै सहकारी लाई पुरानै लय मा फर्काउने प्रतिबद्दता ब्यक्त गर्न चाहन्छु ।
प्रेस विज्ञप्ति:-