पार्टीको ४० प्रतिशत प्रतिनिधित्व गर्ने शेखरसँग छलफल नै नगरिनु आपत्तिजनक: सहमहामन्त्री बद्री पाण्डे
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको भन्दै विरोध गरेका छन्।
भ्रातृ संगठनहरु नेविसंघ र तरूण दल गठन गर्दा देउवाले नेता शेखर कोइरालासँग सामान्य छलफल समेत नगरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
सहमहामन्त्री बद्री पाण्डेले पार्टीको ४० प्रतिशत हिस्साको प्रतिनिधित्व गर्ने नेता शेखरसँग छलफल नै नगरिनु आपत्तिजनक विषय भएको उनले बताएका थिए।
देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई मनोनित गरेका थिए ।
त्यस्तै अर्का सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै आलोचना गरेका थिए ।
गत आइतबार सुरु केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । शनिबार मन्त्रीहरुले बोलेपछि पदाधिकारीहरुले बोल्न सुरु गरेका छन्।