नेपाल टेलिकमको नयाँ र आकर्षक अफरमा यस्ता छन् सुविधै सुविधा

काठमाडौं। नेपाल टेलिकमले १ साउनदेखि लागु गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ। ती नयाँ अफरहरू ग्राहकको रोजाइमा परेका छन् ।

 

 

कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरू उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ ।

 

 

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

 

२० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा उपलब्ध हुन्छ। १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ ।

 

 

त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि ४९ रुपैयाँमा उपलब्ध छ ।

 

 

 

यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ ।

 

 

अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु १५, २०० एसएमएस ३ दिनको लागि रु २९ र ३०० एसएमएस २८ दिनको लागि रु ९८ मा पठाउन सकिने छ।

 

 

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ। सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम उपलब्ध गराइएको छ ।

 

 

 

सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ ।

 

 

त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।

 

 

 

पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

 

 

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

 

 

त्यसैगरी कम्पनीको वेबसाइट एनटीसी डट नेट डट एनपी मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने प्रवक्ता शोभन अधिकारीले बताए।