साफ यू-२० च्याम्पियनसिप: नेपाल आज श्रीलंकासँग भिड्दै

काठमाडौं । भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

 

 

नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

 

 

पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ ।

 

 

श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

 

 

नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं ।

 

 

श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।

 

 

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् ।

 

 

आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।