दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीमाथी लाग्यो बलात्कारको आरोप

सांकेतिक तस्वीर

काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीमाथि बलात्कारको आरोप लागेको छ। उनलाई स्थानीय एक महिलाले बलात्कारको आरोप लगाएकी हुन्।

 

 

 

स्थानीय ५५ वर्षीया महिलाले २०६१ सालमा मेयर धामीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।

 

 

माओवादी जनयुद्धको बेला आफू गाउँकै जंगलमा सल्लाको पिरोल लिन गएका बेला मेयर धामीले बलात्कार गरेको उनले आरोप लगाएकी छिन्।

 

 

 

उनले भनिन‘म र भतिजो गाउँकै माजाबाटा जंगलमा सल्लाको पिरोल बटुल्न गएका बेला मेयर धामी र दुईजना अरु बसिरहेका थिए।

 

 

म पिरोल बटुल्दै गर्दा मेयर धामीले मैले लगाएको लुगाकपडा समेत फुकाली बलात्कार गरी नाङ्गै घर पठाएको उनले बताएकी छन्।

 

 

 

उक्त घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिएर मेयर धामीले बन्दुक ताकेको उनले बताइन्। आफन्त कोही जान्ने सुन्ने नभएका र श्रीमानपनि अपाङ्ग भएकाले घटना बाहिर नआएको उनको भनाइ छ।

 

अब उनले मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छिन्।