आज दिउँसो यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ ।
हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श
देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकोछ।
उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।