राष्ट्रघाती दलालहरुबाट देशको स्वाधीनता खतरामा: अध्यक्ष सिपी गजुरेल

फाइल तस्वीर

काठमाडौं । एमसीसीदेखि एसपीपीसम्म, अतिक्रमण र हस्तक्षेपदेखि नागरिकता विधेयकसम्मका राष्ट्रघाती घटनाक्रमहरुमा दलमल र मतियारको रुपमा कम्युनिस्टको खोल ओढेका राष्ट्रघाती तत्वहरुले निर्णायक भुमिका खेलेको बताउनुभयो।

 

 

 

 

 क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहनु भएका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले कम्युनिस्टको खोल ओढेका ती राष्ट्रघाती तत्वहरुबाट नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि गम्भीर खतारा उत्पन्न भएको बताउनु भएको छ ।

 

 

 

कथित १२ बुँदे व्याख्यात्मक घोषणाको नौटंकी गरेर एमसीसी पास गरेपछि अमेरिकाले एसपीपी वा त्यस्तै अर्को सैन्य सम्झौता गरेर नेपालमा आफ्ना सैन्य क्याम्प खडा गर्न खोजेको, सामरिक पोस्टहरु विभिन्न नाममा कब्जा गर्न थालेको, उपत्यकामा पनि वरिपरि सामरिक महत्वको ठाउँमा विभिन्न नाममा गुम्बा बनाएको र ती ठाउँहरुमा संकास्पद गतिविधिहरु बढेर गएको चर्चा गर्नुहुँदै अध्यक्ष गजुरेलले कांग्रेस, एमाले र माकेभित्रका दलालहरुले देशलाई जबर्जस्त युद्धको भड्खालोमा हालेको दाबी गर्नुभयो ।

 

 

 

अमेरिका र चीनबीचको भुराजनीतिक तनाव बढ्दै जाँदा नेपाल सिरिया बन्न सक्ने पनि दाबी गर्नु भयो। उहाँले भन्नुभयो, आर्थिक अवस्थाका दृष्टिले नेपाल श्रीलंका बन्ने खतरामा छ भने चीन र अमेरिकाबीचको भुराजनीतिक तनावका दृष्टिले नेपाल सिरिया बन्ने खतरा बढेर गएको छ ।

 

 

उहाँले क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा एकता र ध्रुवीकरणको प्रक्रिया सुरु भइसकेको बताउनु हुँदै राष्ट्रघात र जनघातका मतियार बन्ने अनि रुखलाई भोट माग्ने वामपन्थीहरुसँग एकता नहुने पनि प्रष्ट पार्नु भयो ।

 

 

 

त्यसक्रममा तत्कालीन वामपन्थी नेता मदन भण्डारीसँग पार्टी एकताबारे छलफल चलेको प्रसंग कोट्याउँदै नेता गजुरेलले भन्नुभयो, “मदन भण्डारीसँग पार्टी एकताबारे भेटवार्ता भयो ।

 

 

 

 

पार्टी एकताबारे उहाँ स्पष्ट दृष्टिकोण पाइयो । उहाँले भन्नुभयो( नेपालमा कम्युनिस्ट पार्टीहरु धेरै भए । उग्रवामपन्थीहरु जति सबैको तपाईहरुले एउटा पार्टी बनाउनुस् ।

 

 

 

दक्षिणपन्थी कम्युनिस्टहरु जति सबैको हामी एउटा पार्टी बनाउँछौ । पार्टी एकतासम्बन्धी भण्डारी यो दृष्टिकोण चािह सही हो ।

 

 

 

एकता गर्ने भनेको विचार मिल्नेहरुसँगै हो । दक्षिणपन्थी कम्युनिस्ट र क्रान्तिकारी कम्युनिस्टहरुको एउटै पार्टी हुन सक्दैन ।

 

 

स्मृतिमा चन्द्रा थानी स्मृति ग्रन्थको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

 

 

क्रान्तिकारी माओवादीका महासचिव किरणको प्रमुख आतिथ्यतामा सम्पन्न स्मृति ग्रन्थ सार्वजनिकीकरण समारोहको अध्यक्षता चन्द्रा थानी स्मृति प्रतिष्ठानका अध्यक्ष सिपी शर्माले गर्नु भएको थियो भने सञ्चालन इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएको थियो।कार्यक्रममा कवियत्री गौरी देवकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

 

 

कार्यक्रममा प्रमुख अतिथीसहित मार्क्सवादी साँस्कृतिक मोर्चाका अध्यक्ष स्माली, प्रा.डा.जिवेन्द्रदेव गिरी, अनेमसंघ (क्रान्तिकारी)कि केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले कमरेड चन्द्रा थानीको व्यक्तित्व र कृतित्व, उहाँले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन तथा प्रगतिवादी साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।