अदालतले काट्यो विप्लवसहितका यी नेतालाइ पक्राउ पुर्जी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ ।
आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो।
उनीहरु पिरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध लगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो ।
उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । विप्लवसहितका ती नेताहरुमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिनको समयसीमा दिएर पक्राउ पुर्जी जारी गरिएको हो ।