क्रान्तिकारी माओवादीसहितका ५ कम्युनिष्ट पार्टीले आज नागरिकता विधेयक रोक्न राष्ट्रपतिलाइ ज्ञापनपत्र बुझाउदै

फाइल तस्वीर

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)सहितका ५ कम्युनिष्ट पार्टीले आज राष्ट्रपतिलाइ ज्ञापन पत्र बुझाउने भएका छन्। सो पार्टीहरूले पूर्व घोषित कार्यक्रम अन्तरगत आज दिउँसो १ बजे टिचिङ अस्पतालको गेट (महाराजंगन्ज)मा उपस्थिति भइ संयुक्तरूपमा ज्ञापनपत्र बुझाउने भएको छन्।

 

 

 

 केही दिन अगाडी आन्दोलनका कार्यक्रम विज्ञप्ति मार्फत घोषणा गरेर बेथितिविरुद्ध देशव्यापी विरोधदेखि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु समावेश गरिएका थिए।

 

 

 

आज त्यही अन्तरगत नागरिकता विधेयक रोक्न आग्रहको साथ उनीहरुले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागेका छन् ।

 

 

 

त्यसैगरी एमसीसी, एसपीपी, असंलग्न परराष्ट्र नीति विपरित सेनाको भूमिका, भ्रष्टाचार तथा महँगी, मलको अभावका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने संयुक्त कार्यक्रम रहेकाे पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए।

 

 

 

 

 संयुक्तरूपमा साउन २० गते काठमाडौंमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेकाे र साउन २६ गते इटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटबल, धनगढी, सिमरा, सुर्खेत, नेपालगञ्जलगायतका ठाँउमा संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने नेता गजुरेलले बताए। 

 

 

 

 

  नेकपा (क्रान्तिकारी माओवादी), नेकपा बहुमत, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएकाे छ।