राष्ट्रघात र जनघातलाइ अनुमोदन गर्ने संसदीय निर्वाचन सक्रिय बहिष्कार गरौं: नेता हरिकृष्ण गजुरेल

काठमाडौं। देशभक्त जनगणतान्त्रीक माेर्चा नेपालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन सक्रिय बहिस्कार गर्न सबैमा आह्वान गरेको सचिवालय सदस्य हरिकृष्ण गजुरेलले बताए। 

 

 

 

 

नेता गजुरेलले भने नयाँ संविधान बनिसकेपछि गठन भएका विगतका संसदहरु नेपाली जनताका अपेक्षाविपरीत राष्ट्रघात र जनघातका काममा संलग्न भएको जगजाहेर नै भएकाेले यस्ता निर्वाचन सक्रिय बहिष्कार गर्न आव्हान गरिएकाे बताए।

 

 

 

 

आगामी संसदीय निर्वाचनमा भाग लिनुको अर्थ तिनै राष्ट्रघात र जनघातलाइ अनुमोदन गरिनु भएकोले याे निर्वाचन सक्रिय बहिष्कार गर्न सम्पूर्ण जनतालाइ अनुराेध गरिएकाे नेता गजुरेलले बताए।   

 

 

 

 

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सबै असफल भइसकेको अवस्थामा यो व्यवस्थाकै विकल्प खोज्ने समय भइसकेकोले आसन्न संसदीय निर्वाचनलाई सक्रिय बहिष्कार गरीनु जनताकाे जित हुने गजुरेलले बताए।

 

 

 

 

अग्रगामी व्यवस्था एवम् जनगणतन्त्रको स्थापनार्थ सङ्घर्षमा संलग्न हुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र क्रान्तिकारीहरुलाई लामबद्ध भएर लाग्न सम्पूर्णमा आह्वान गर्न चाहान्छु नेता गजुरेलले बताए।

 

 

 

 

नेता गजुरेलले भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय समितिको विशेष बैठकले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन गरेको बताए। 

साे पार्टीकाे माेर्चाले पनि सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन गरेर गएकाे नेता गगजुरेलले बताए। 

 

 

 

 

बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सक्रिय बहिस्कार गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता हरिकृष्ण गजुरेलले बताए।  

 

 

 

 

वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुपर्ने बेला आएकाे नेता गजुरेल बताए। 

 

 

 

 

बैठकले अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा समूहसित एकता प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत गरेको गजुरेलले बताए।