सेञ्चुरी बैंकको नयाँ शाखा सर्लाहीको हरिवनमा

काठमाडौं। सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले सर्लाहीको हरिवनस्थित नयाँ रोडमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

 

 

 

ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले यही भदौ २१ गतेदेखि सर्लाही जिल्लाको हरिवन नगरपालिका- १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

 

 

 

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले समुद्घाटन गरी बैंकको सेवा शुभारम्भ गरिएको बैंकले जानकारी दिएको छ।

 

 

 

समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो।