महानगरले दियो सेना र प्रहरीलाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीलगायतका सुरक्षानिकायलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौं महानगरलेआग्रह गरेको छ।

 

 

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन आग्रह गरेका हुन् ।

 

 

महानगरले तोकेको अवधिमा कर नबुझाए कारबाही हुने चेतावनी दिएको छ ।

पत्र हेर्नुस्