लिंक इन्टरनेशनलसँगको व्यवसायिक प्रधिशोधका कारण एकतर्फी समाचार प्रकाशित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण
काठमाडौं । नेपाली श्रमिकलाइ विभिन्न खाडी मुलुक र अन्य देशमा रोजगारीका लागि पठाउने एक मात्र विश्वसिलाे लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.सँगको व्यावसायिक प्रतिशोधका कारण केही व्यक्ति वा समूह परिचालन गरेर अपुष्ट समाचार प्रकाशित गरिएको प्रति कम्पनिले आपति जनाएको छ।
तर, यथार्थमा मेनपावरका आधिकारीक व्यक्तिसँग नबुझी लिंक इन्टरनेशनलकाे एकतर्फी समाचार प्रकाशित गरिनु प्रतिशोध बाहेक अरू केही नभएको सञ्चालक कमलराज काफ्लेले जानकारी दिए।
केही अनलाइन मिडियाले आफ्नो सामान्य धर्म समेत निर्वाह नगरेको मेनपावर कम्पनीका संन्चालक काफ्लेले बताए । तर, मेनपावर कम्पनी त्यस्ता कुनै पनि गतिविधिमा नभएको सञ्चालक काफ्लेले जानकारी दिए।
उनले भने हामी कुनै पनि व्यक्तिसँग एड्भान्स समेत माग्दै नाैं भने अरू केही हामीले गरेकाे एउटा मात्र प्रमाण ल्याउन चुनाैति दिन्छु।
त्यसो त श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालको समेत नाम जोडेर उँहाकाे समेत चरित्र हत्या गर्न खाेज्नु गम्भीर विषय भएकाे उनले बताए।
म सचिव ज्यूलाइ चिन्दिन मसँग कसरी नाम जाेडीएर आयाे म आफै चकित परेकाे उनले बताए।
व्यावसायिक प्रतिशोध र कम्पनीले गरेको प्रगतिबाट रुष्ट भएका केही व्यक्तिले विभिन्न संचारमाध्यमहरुलाई प्रयोग गरी अनर्गल र झुट्टा समाचार प्रकाशित गरेर कुप्रचार गरेको सञ्चालक काफ्लेले जानकारी दिए।
सो मेनपावरले छोटै समयमा स्वदेश तथा विदेशमा समेत आफ्नो कम्पनीको साख राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बेग्लै पहिचानसहित बैदेशिक रोगजारीको सिर्जना गर्ने कम्पनीहरुको लिस्टमा नाम राख्न सफल बनेको प्रति केही व्यक्तिले प्रतिशोध राख्दै केही मिडियालाइ प्रयोग गरेकको सञ्चालक काफ्लेले आरोप लगाए।
यसरी अन्तर्राष्ट्रियस्तरमै बैदेशिक रोजगारी सिर्जना गरी नेपाली जनताको विश्वासिलो बैदेशिक रोजगार कम्पनीको रुपमा रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.लाई बद्नाम गर्न केही व्यवसायीहरुले संचारमाध्यमलाई दुरुपयोग गरेकाे कम्पनीले जनाएको छ।
यस सम्बन्धमा लिंक इन्टरनेशनल सर्भिस प्रा.लि.ले केही संचार माध्यममा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस विज्ञप्तिसमेत जारी गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘केही अनलाइन न्यूज पोर्टलमा प्रकाशित अनधिकृत कपोकल्पित एवम् भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । यस कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विदेशस्थित नेपाली राजदुतावास तथा नियोगहरुबाट प्रमाणिकरण भई आएका मागपत्रमा वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली एवम् वैदेशिक रोजगार विभागले बेलाबेलामा प्रदान गर्ने नीतिगत मार्गनिर्देशन अन्तर्गत रहेर स्वच्छ एवम् न्यायोचित भर्ना प्रक्रियाबाट नेपाली कामदार छनौट गरी सरकारले तोकेको सेवा शुल्क लिई वैदेशिक रोजगारीमा पठाउँदै आएको सर्वविदितै छ । यस प्रा.लि.मार्फत् बैदेशिक रोजगारमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरु करारमा उल्लेख भएअनुसारको सेवा सर्तमा राजीखुसीका साथ काम गरिरहेको वास्तविकतालाई पन्छाएर नेपाल सरकारका उच्च पदस्थ अधिकारीको नाम जोडी कम्पनीको सार्वजनिक छवि, निष्ठा, प्रतिष्ठा तथा व्यावसायिक ख्यातीप्रति अनुचित लान्छना लगाउने कु—प्रचारप्रति गम्भीर आपत्तिका साथ खेद व्यक्त गर्दछौं । संचालकको बद्नाम गर्ने र कम्पनीको ख्याती धुमिल पार्न खोज्ने निहित स्वार्थबाट प्रेरित भई प्रकाशन प्रसारण गरेका समाचारहरु तत्काल खण्डन गर्न र सार्वजनिक क्षमायाचना गर्न पनि सम्बन्धित पक्षसँग आग्रह गर्दछौं । अप्रमाणित र भ्रामक समाचार यथावत राखेमा त्यस समबन्धमा नेपाल प्रेस काउन्सिल तथा अन्य सम्बन्धित निकायमा उजुरी दर्ता गराई कम्पनीको सार्वजनिक प्रतिष्ठा अक्षुण राखिनेमा पूर्ण प्रतिवद्धता जनाउँदै अप्रमाणित र भ्रामक समाचारका कारण वैदेशिक रोजगारमा जाने कामदार सम्बन्धित निकाय तथा अधिकारीमा पर्न गएको भ्रम र असुविधाको लागि कम्पनीको तर्फबाट दुःख व्यक्त गर्दछौं । भविष्यका दिनमा कामदार आपुर्ति गर्दासमेत नेपाल सरकारले गन्तव्य मुलुकसँग गरेका सम्झौताहरुको पूर्ण पालना हुने गरी पारदर्शिताको आधारमा कामदार पठाउने विषयमा कम्पनी सचेत रहेको समेत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गर्दै अनधिकृत सूचना समाचार तथा वहकाउमा नपर्न विशेष अनुरोध गरिन्छ।