क्रिकेटर सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा रहेका छन् । आज बिहान काठमाडौँ ओर्लिएका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो ।

कतार एयरवेजको विमानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सन्दीपले नै जानकारी दिएका थिए । तर खराब मौसमका कारण केही ढिला गरेर आइपुगका सन्दीपलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी कतारको दोहाबाट काठमाडौँका लागि उडेका थिए । करिब एक महिनादेखि देशबाहिरै रहेका सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा जाहेर गरेकी थिएन्।

केही समय विदेशबाटै कानुनी परामर्श लिएका सन्दीपले उनले नेपाल फर्केलगत्तै प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए ।