यस्तो बनोस् यो चुनाव ?

रेणु सिंह – स्वामिकार्तिक-५ बाजुरा

कयौं वर्ष देखिको राजनैतिक खिचातानीको कारण नेपाली जनताहरुले भोग्नु परेको दुख कष्ट खेप्नु परेका अतुलनीय तथा दुखदायी घटनाहरू हामिहरुले देख्नु मात्र नभई भोग्दै आइरहेका छौँ । नेपालको गरिबी, अशिक्षा, अस्थिरता र शासन व्यवस्था नै मूलभूत समस्या हो।

राजनैतिक अस्थिरताको कारण देशमा महँगी, भोकमरी, बेरोजगारी, अन्याय, अत्याचार तथा विकृती, विसङगती फैलिएको छ । राजनीति भनेको फोहोरी खेल हो भन्ने र युवा वर्गलाई राजनीति गर्नुहँुदैन भन्ने एकदमै गलत मानसिकताले जरो गाडेको छ तर वास्तबमा त्यस्तो भने हैन।

विस्वका कयौं विकसित देशहरुमा राजनिती सफल हुनु र नेपालमा पटक-पटक असफल हुनुमा भने जनताहरुको लिडेढिपिले गहिरो जडा गाडिएको देखिन्छ।

चुनावको दौडानमा जती नै योग्य ब्यक्ति उमेदवार छ भने पनि जनताले भने सहि ब्यक्ति चुन्ने अबसर गुमाउदा आफ्नो घुडामा आफै बन्चरो हाने जस्तै अवस्था आएको र चाहे जस्तो नेता नपाउदा विकासका काममा ढिला सुस्ती भएको पनि अबगत नै छ।

देशको सबै भन्दा ठूलो ब्यक्ति जनता ( मतदाता ) स्वयम हो र उस्को हातमा छ कुन ब्यक्ति लाई राजनितीक अवसर दिदा हाम्रो गाउँ बेसि तथा सहरको विकासले फड्को मार्न सक्छ भनेर।

 देशमा कस्तो प्रकारको शिक्षा नीति हुने, स्वास्थ्य नीति कस्तो हुने, जनताले के-कस्ता सेवा सुविधा प्राप्त गर्ने, न्याय प्रणाली कस्तो हुने, अर्थनीति कस्तो बनाउने भन्ने जस्ता विषय पनि राजनीतिले दिशानिर्देश गर्ने हुनाले त्यस्को लागी अब्बल ब्यक्ती चुनेर पठाउनु पर्ने कुरामा मतदाताको महत्वपुर्ण भुमिका रहेको छ हुन्छ ।

हामिले घर वरिपरी भएको बगैंचामा जस्तो प्रकारको बिउ रोपेउ तेस्तै प्रकारको फल पक्कै पाउने हो। गलत बिउ रोपेको खण्डमा गलतै उत्पादन दिन्छ। बिउ गलत रोप्छौ तर आशा भने उत्कृष्ट उत्पादनको राख्ने गर्दछौं यो नै हाम्रो प्रमुख समस्या हो।

संसारभरका पार्टी र नेताहरू जनतालाई नै केन्द्रविन्दु बनाएर  काम गर्ने गर्दछन तर नेपालमा भने हरेक स्तरमा चाकडीको होड्बाजी चलिरहेको छ। चाहे उ ब्यक्ति जस्तो सुकै होस्  अलिकति स्वार्थ पुरा भएको छ भने झोले प्रबृत्तिमा हिडेको देख्न पाइन्छ ।

हामीले आफ्नो एक भोटको हेक्का राख्न सक्यौं भने हामीले खोजे जस्तै रोजे जस्तै नेता नपाउने अबस्था पनि छैन । नेपालमा सामन्य गरिब परिवारका छोराछोरीहरु उमेदवार भएर लड्न सक्ने अवस्था नै छैन।

यो लड्न नसक्ने बनाउनु पनि हामी जनता कारक बन्न पुगेका छौं किन कि सामान्य परिवारको छोराछोरी नेता बन्न योग्य भए पनि उ संग मतदाताबाट भोट किन्न सक्ने औकात छैन, मासु भात र रक्सीको लागि खर्च गर्ने सम्पत्ति छैन।

एक भोटको महत्व नबुझी मासु भात र रक्सिमा बिकेकै कारण आफु लगाएत भावी सन्ततिको लागी दयनीय दिनहरु निम्त्याइरहेका छौँ । अब आउदो चुनावी माहोल यस्तो बनोस् कि हाम्रो हैन राम्रो लाई ।

जातजाति हैन जनताको साथी र सारथिलाइ । त्यसैले यस्तो बनोस् यो चुनाव मनहरु एउटै होस् तनहरु एउटै होस् एउटै होस् त्यो ब्यक्ति जो सक्षम अनि बिकास गर्न भोगी होस् ।

निचोडमा भन्नु पर्दा सम्पुर्ण आमाबुवा, दाजुभाइ, दीदीबहिनीहरुमा आफ्नो अमुल्य भोट खेर नफाल्न हुन र पहिले देखी भोट दिदै आए पनि विकासका निमित्त एक माखो पनि नमारेको तर घर घडेरी, पट्टि परिवार , घुसघोरी प्रबृत्ति वाला नेतालाइ तपाइको मतले ठाउँको ठाउँ रोकिदिनुहुन मेरो अनुरोध छ ।