न्यू अप्सरा गेष्टहाउसमा युवकको शव फेला

सांकेतिक तस्वीर

काठमाडौं। सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्ट हाउसमा फेला परेको छ।

विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शाान्तिराज कोइरालाले जानकारी दिए। सिरहाको गोलबजार नगरपालिका–३ का १८ वर्षीय युवक अंशु सदायको शव गेष्टहाउसभित्रको कोठामा रहेको बक्स पलङभित्र फेला परेको हो ।

सदाय असोज २६ गते गेष्टहाउसमा प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक कोइरालाले सिरहाबाट अपहरण गरी यहाँ ल्याएर हत्या गरिएका हुनसक्ने आशंका गरे। प्रहरीले सदायको हत्या घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ।रासस