देशभर ७२१ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभरि ५४ जना कोरोनाबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४८० जनाको परीक्षण गर्दा ५४ जना संक्रमित भेटिएका हुन्।

आज ५४ जना नै संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभरि ७ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।