कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि भेटियो
काठमाडौं। विश्वभरी फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि भेटिएको छ । कोरोना भाइरसको पछिल्लो नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा भेटिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुसार जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा उक्त सब भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा समिर अधिकारीका अनुसार गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाको परिक्षणमा उक्त नयाँ भेरियन्ट भेटिएको छ ।