तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

काठमाडौं। लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दसैं र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउस फुल’ भएको छ ।

‘बिदा मनाउनका लागि समूह समुह बनेर आउने क्रम जारी छ,’ पातलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०६० जना आन्तरिक पर्यटक आएका छन् । –न्युज कारखाना