विप्लव नेकपाका केन्द्रीय सदस्य पक्राउ

फाइल तस्वीर

काठमाडौं। निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ ।

नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।