जाजरकोटमा दुई हप्तादेखि फोन सेवा अवरुद्ध

सांकेतिक तस्वीर

काठमाडौं ।जाजरकोटको पूर्वी क्षेत्रमा फोन सेवामा समस्या आएको छ । रुकुमपश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेका टावरमा दुई सातादेखि समस्या आएको हो ।

वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गो र खबहादुर सिंहले बिहान र बेलुकी सामान्य काम गरेपनि दिउँसो फोनले काम नै नगर्ने जानकारी दिए ।

नेपाल टेलिकम जाजरकोटलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो उनको छ।