प्रधानमन्त्री देउवाले चुनाव खर्च वापत कांग्रेस नेतालाई बाँडे ७ करोड बढी रकम

फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेताहरुलाई ७ करोडभन्दा बढी रकम बाँडेका छन्।

देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकाहरुको खर्चको लागि रकम वितरण गरेका हुन्।

पार्टीले उम्मेदवार बनाएका नेताहरुका कुल ७ करोड २२ लाख रुपैयाँ बाँडेको कांग्रेसकाे केन्द्रीय कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएका हुन् ।

देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख बाटो खर्च बाँडेका हुन्।