बझाङमा घाइते महिला वडा सदस्यको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौं। बझाङमा भीरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाको साइपाल गाउँपालिका-३ माथिल्लो कायाकी स्थानीय एवं वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले घाइते गुरुङलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको जानकारी दिइन्। उनलाई उपचारका लागि अन्यत्रै पठाइएको छ।