जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड

काठमाडौं । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजित कोप-२७ शिखर सम्मेलनमा यस्तो आह्वान गर्नुभएको हो ।

कोभिड महामारीको प्रकोप र युक्रेन–रूस युद्धबाट सकंटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै गुटेर्रेसले यस्ता घटनाक्रमले अन्तरराष्ट्रिय सम्बन्ध नै दबाबमा परेको बताउनुभयो । मानवताको विकल्प नभएको भन्दै त्यसका लागि सहयोग गर्न पनि सबैलाई अपील गर्नुभएको छ।

धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीच सम्झौताका लागि आह्वान गर्दै उहाँले उत्सर्जन घटाई तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युग भन्दा माथि १ दशमलव ५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिनुभयो।