बाजुराका नेता भोट माग्नमै व्यस्त,मतदातालाई घर पुग्नै सास्ती

काठमाडाैं। बाजुराका राजनीति दलहरू चुनावी चटारोमा छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि विभिन्न गाउँ डुलेर घरदैलो अभियान चलाइरहेका छन्।
 
तर सदरमुकाम नजिक बडिमालिका नगरपालिका ७ जिल्लिको सडक दसैंमा लगातार पाँच दिनसम्म पानी परेर बिग्रेको बाटो अझै राम्रोसँग सञ्चालनमा आएको छैन।
 
बाजुराको उत्तरी भेगका चार वटा पालिका र हुम्ला मुगुका साथै कर्णाली करिडोर पनि पहिरो नपन्छाएका कारण बाजुरासँग सिमाना जोडिएको कालिकोटका पालिकामा जाने यात्रुहरुलाई समस्या पर्दै आएको छ।
 
दिउँसो स्काभेटरले बाटो पन्छाए पनि राति उस्तै गरि पहिरो बगिरहने हुँदा बाटो अबरुद्ध भइरहने एक जिब चालकले बताए।
 
बैकल्पिक बाटोको व्यवस्था नभएको र यसै सडकलाई पनि दीर्घकालीन रूपमा चल्न सक्ने बनाउँन खासै चासो नदिनुले वर्षौंदेखि माथिल्लो क्षेत्रका जनताले सास्ती व्यहोर्दै आउनु परेको छ।