सोलुखुम्बुमा घाँस काट्न गएका पुरुष मृत फेला

सांकेतिक तस्वीर

काठमाडौं। सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन्।सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मंगलबार सोलुखोलामा भेटिएको हो।

कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए। त्यसयता उनी बेपत्ता थिए।घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परेको उनका दाजु धनबहादुर कार्कीले जानकारी दिए।

कार्कीले बोकेको हँसिया र नाम्लो खोला किनारमा भेटिएको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टंकबहादुर कार्कीले बताए।

घटनाबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामकिशोर साहले बताए।रासस