काठमाडौंमा ४ कम्युनिस्ट पार्टीको निर्वाचन बहिष्कार सभा सम्पन्न,प्रतिगमनकारी प्रचण्डहरु नै हुन: मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)ले नयाँ जनक्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार/अवज्ञ गरेको बताएका छन् ।

बुधवार काठमाडौंकाे शान्तिबाटिकास्थित नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार/अवज्ञ सभामा बोल्दै उहाँले नयाँ जनक्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका हुन् ।

उनले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए । उनले नयाँ जनक्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘यो सत्ताका बिरुद्ध, संसदीय व्यवस्थाकाविरुद्ध र यी दलहरुले जुन विचारधारका कुरा गर्छन्, त्यसका बिरुद्ध संघर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ ।

त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । त्यसकारणले अर्को कुरा के हो भने अब हामीले नयाँ क्रान्तिको तयारी गर्नुपर्छ । तर नयाँ क्रान्तिको तयारी गर्नको निम्ति सत्ता क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध भएर जान जरुरी रहेकाे बताएका छन् ।

महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताए । शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भए पनि तिन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उनले बताए ।

उनले भने, ‘तीनवटै अंग असफल भइसकेका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा झगडै झगडा। शक्ति पृथकीकरणको सिद्धान्त भनेर संसदीय व्यवस्थामा भनियो तर के भने शक्ति संघर्षको सिद्धान्त हो।

आपसमा लडेको छ, लडेको छ । गर्नु केही होइन । त्यसकारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सब असफल छ ।

उनले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताए । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहिता नलाग्ने जिकिर गरे। उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखेका छन्।

उनले दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताए । उनले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनकाविरुद्ध लड्ने हो भनि प्रश्नसमेत गरे ।

उनले भने, ‘हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहिताता ? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने ।

यो के तरिका हो? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको महासचिव वैद्यले बताउनु भयाे।

 महासचिव मोहन वैद्य (किरण)ले निर्वाचन बहिष्कार सभालाइ सम्बाेधन गर्नुहुँदै- भिडियाे हेर्नुस्