श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा ?

सांकेतिक तस्वीर

बाँके । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ।

नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन्। कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम लिन्छन् ।

केही दिनसम्म चलेको यो घटना प्रहरीकहाँ आइपुग्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । प्रहरीले दुवैलाई समातेर अनुसन्धान थाल्छ । श्रीमती भनिएकी युवती त्यो श्रीमान् बनेकी युवतीलाई छोड्न चाहँदिनन् । घर परिवारका सदस्यले आएर सम्झाउँदासम्म उनीहरू छुटिन चाहेनन् ।

युवकको जस्तो छोटो कपाल काटेकी श्रीमान् भन्ने युवती विवाहित हुन् । श्रीमान् छोडेर बसेकी उनले युवतीहरूसँग दोस्ती गरेर यौन धन्दामा लगाउने गरेको पाइएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले एक कार्यक्रममा वेश्यावृत्तिको उदाहरण दिँदै यो घटना सार्वजनिक गर्नुभएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।