साफ यू–१५ महिला च्याम्पियनसिप: उपाधि उचाल्ने योजनामा नेपाल

काठमाडौं। बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार अन्तिम खेल खेल्दैछ। डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ।

ढाकामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै नेपाल उपाधि जित्ने योजनामा छ। यसअघिको तीन खेलमा नेपालले सहज जित निकालेको थियो।

यसअघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ। उता बंगलादेशलाई भने जितको आवश्यक छ।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।

यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।

बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।